शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

चीनले चन्द्रमाबाट ल्याएको चट्टानका नमुना अहिलेसम्मकै कम समयको

दैनिक नेपाल २०७८ असोज २२ गते १०:४७

बेइजिङ, २२ असोज । चीनको चाङ्ग-अ फाइभ मिशनले चन्द्रमाबाट गत डिसेम्बरमा ल्याइएको चट्टानका नमुना तुलनात्मक रूपमा निकै कम समयको रहेको पाइएको छ ।

वैज्ञानिकहरूको एउटा अन्तर्राष्ट्रिय दलले त्यसको समीक्षा गरेर हेर्दा ज्वालामुखीबाट निस्केको लाभाको ठोस स्वरूप दुई अर्ब वर्ष पुरानो मात्र रहेको पाएको हो ।

त्यसको तुलना अमेरिकी अपोलो मिशनले ल्याएका नमुनासँग गरिएको थियो जुन तीन अर्ब वर्षभन्दा पुराना थिए । त्यस्तो निष्कर्षलाई वैज्ञानिक जर्नलमा प्रकाशित गरिएको छ ।

चीनको रोबटिक मिशनले चन्द्रमाको ुओशन अफ स्टोर्म्सु भनिने अहिलेसम्म नपुगिएको स्थानबाट नमुना सङ्कलन गरेको थियो ।

उक्त स्थान यसअघिका नमुनासँगको तुलना गरेर चन्द्रमा बारेको ज्ञान बढाउनका लागि निकै सजगतापूर्वक चयन गरिएको थियो ।

चन्द्रमाबाट अन्तिम पटक सन् १९७६ को सोभियत अभियानमा १७० ग्राम नमुना ल्याइएको थियो भने मानवसहितको एपोलो मिशनले ३८२ किलोग्राम ढुङ्गा र माटो ल्याएको थियो ।

एउटा चिनियाँ अध्ययन संस्थानले उक्त नमुनाको अध्ययनको नेतृत्व गरे पनि त्यसमा वैज्ञानिकहरूको एउटा अन्तर्राष्ट्रिय समूह संलग्न छ ।

उनीहरूले थाहा पाएको चट्टानको त्यस्तो आयु रोचक हुनुको कारण चन्द्रमामा सोचिएभन्दा निकै पछि अर्को ज्वालामुखीको प्रक्रिया देखिनु रहेको छ । त्यसले उक्त सानो खगोल पिण्ड सेलाएको र गतिविधिहरू कम भएको देखाउँछ ।

यसले चन्द्रमा जस्तो सानो पिण्डले समेत कसरी उत्पत्तिको साढे दुई अर्ब वर्षपछि पनि लाभा उत्पादन गर्नेगरी पर्याप्त ताप सञ्चय गर्न सक्यो भन्ने प्रश्न उब्जाएको छ ।

वैज्ञानिकहरूले अब नयाँ ढङ्गले लामो समयपछि देखा परेको त्यस्तो व्यवहारका लागि के कस्तो तापीय स्रोतले काम गरे भनेर सोच्नेछन् । बीबीसी

प्रतिक्रिया
सम्बन्धित