शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

परेश रावलले धेरै पैसा मागेपछि हटाइयो

दैनिक नेपाल २०७८ असोज २२ गते ८:०९

मुम्बई । बलिउड फिल्म ‘ओ माइ गड २’मा अभिनेता परेश रावललाई आउट गरिएको छ । ‘ओ माइ गड’ सन् २०१२ को सर्वाधिक मनपराइएको बलिउड फिल्म थियो । अभिनेता अक्षय कुमार, परेश रावल र मिथुन चक्रवतीको मुख्य भूमिका रहेको फिल्ममा परेश रावलको चरित्रलाई विशेष थियो ।

फिल्मको सिक्वलमा परेश रावललाई राखिएको छैन । उनको ठाउँमा पंकज त्रिपाठीले अभिनय गर्नेछन् । पारिश्रमिकमा सहमति नभएपछि परेश रावल ‘ओ माइ गड २’ बाट हटाइएको चर्चा छ ।

‘ओ माइ गड २’ का निर्माताको पहिलो प्राथमिकतामा परेश रावल छन् । उनीहरूले परेश रावलसँग कुरा पनि अगाडि बढाइसकेका थिए । पहिलो भागको सफलतामा रावलको मुख्य भूमिका भए पनि उनले आफ्नो बजारमूल्यभन्दा बढी माग गरेको आरोप छ । अत्याधिक पारिश्रमिक तिर्दा यसले निर्मातामाथि आर्थिक भार बढाउँथ्यो ।

त्यसपछि परेशले सेयर साझेदारका रुपमा प्रस्ताव गरेका थिए । त्यसले पनि काम गरेन किनकी फिल्ममा पहिल्यै एकभन्दा बढी निर्माता थिए । धेरै पटकको छलफलमा पनि कुरा मिलेन ।

अभिनेता रावललाई आफूलाई प्रस्ताव गरिएको भन्दा बढी पाउनुपर्ने लागेपछि उनले फिल्मबाट हात झिकेका छन् । रावलले छोडेपछि मात्र पंकज त्रिपाठीसँग सम्झौता भएको थियो ।

आश्विन वरदेको प्रोडक्सनमा बन्ने ‘ओ माइ गड २’ अमित रायको निर्देशनमा बन्न लागेको छ । पुरानो फिल्म ‘ओ माइ गड’ अन्धविश्वास र धार्मिक कट्टरतामा आधारित थियो । सिक्वल भारतीय शिक्षा प्रणालीका मुद्दामा आधारित हुनेछ । फिल्ममा भगवान कृष्णको भूमिका अक्षयले खेल्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित