४ मंसिर २०८३, शुक्रबार

पाँच जना न्यायाधीशको संवैधानिक इजलास अर्को दल हो : महेश बस्नेत

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, २२ असोज । एमालेका नेता महेश बस्नेतले वर्तमान शेरबहादुर नेतृत्वको सरकार पाँच दलीय नभई ६ दलीय भएको बताएका छन् ।

राष्ट्रिय युवा संघ, नेपाल लुम्बिनी सांस्कृतिक नगरपालिका, रुपन्देहीको प्रथम युवा सम्मेलनलाई बिहीबार लुम्बिनीमा सम्बोधन गर्दै नेता बस्नेतले सरकारमा पाँच दलबाहेक प्रधानन्याधीश नेतृत्वमा रहेको पाँच जना न्यायाधीशको संवैधानिक इजलास अर्को दल भएको टिप्पणी गरे । उनले न्यायाधीशहरूलाई श्रीमान् पाँचको संज्ञा दिएका छन् ।

नेपालको इतिहासमा न्यायालयले भाग खोजेको पहिलो घटना भएको बताउँदै नेता बस्नेतले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको छुट्टाछुट्टै कर्तव्य र अधिकार भए पनि संविधान र लोकतन्त्रलाई चुनौती दिने गरी न्यायालयले मन्त्रिपरिषद्मा भाग खोज्ने, पदवी दिलाउन भूमिका खेल्नु असंवैधानिक भएको बस्नेतले बताए ।

नेता बस्नेतले अहिले एमाले मुलुकको सबैभन्दा ठूलो शक्ति भएको दावी गर्दै एमाले कमजोर भएको सोच राख्नु कांग्रेस र माओवादीका लागि महाभुल हुने बताए ।