बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

‘थलाइवी’को प्रशंसा गर्न कंगनाको दवाव

दैनिक नेपाल २०७८ असोज २१ गते २२:०३

मुम्बई । बलिउड अभिनेत्री कंगना रौनतले आफ्नो फिल्म ‘थलाइवी’को तारिफ नगरिदिएको भन्दै आफ्नै क्षेत्रका सेलिब्रेटीसँग भडकिएकी छिन् ।

१० सेप्टेम्बरमा उनको फिल्म भारतका सिनेमा हलहरूमा प्रदर्शन भएको थियो । बायोग्राफिकल फिल्म रहेको थलाइवीमा कंगनाले पूर्वअभिनेत्री तथा तामिलनाडुकी मुख्यमन्त्री जयललिताको भूमिका निकाएकी थिइन् ।

फिल्म रिलिज भएपछि कंगनाको अभिनयलाई राम्रो मानिएको छ । यसबीच बलिउडकै अन्य समकक्षीहरूले उनको फिल्मको तारिफ नगरिदिएको भन्दै कंगना भने भड्किएकी छिन् ।

कंगनाले आफ्नो फिल्मको तारिफ नगर्नेलाई ‘बलिउड माफिया’ भन्दै सामाजिक सञ्जालमा लेखेकी छिन् ।

‘धेरै कम फिल्मलाई मात्रै यस्तो जोश र सबैले मन पराउने हुन्छ, र थलाइवी त्यस्तै फिल्म हो’, कंगनाले लेखेकी छिन्, ‘मलाई डा.जे जयललिताको भूमिकामा काम गर्दा खुशी भएको छु ।

अर्कोतिर म बलिउड माफियाले आफ्नो वैचारिक मदभेदलाई पर राखेर राम्रो बनेको फिल्म र यसको कलाको तारिफ गरिदियोस् भन्ने समय कुरिरहेको छु ।’

एएल विजयले निर्देशन गरेको फिल्म थलाइवीमा कंगनासँगै नास्सार, भाग्यश्री, राज अर्जुन र जिशु सेन गुप्तालगायतको अभिनय रहेको छ । फिल्म सिनेमाहलसँगै अमेजोन प्राइम भिडियो र नेटफिल्क्समा पनि रिलिज भएको छ ।

प्रतिक्रिया
सम्बन्धित