काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेको आरोप लगाएका छन् ।
काठमाडौंमा बिहीवार एमाले नेता भानुभक्त जोशीलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेको आरोप लगाएका हुन् ।
एमालेमै रहनका लागि अन्तिमसम्म प्रयास गर्दा र पछिल्लो समय राष्ट्रिय विधान महाधिवेशनमा भएको गतिविधि र सिद्धान्तका कारण जोशीले नयाँ क्रान्तिकारी रोजेको नेपालले बताए ।
नेपालले एमाले सबै हिसावले पतनको दिशामा गएको भन्दै एमाले सामूहिक नभएर एक व्यक्तिको पार्टी जस्तो भएको टिप्पणी गरेका छन् ।











प्रतिक्रिया