८ कार्तिक २०८३, आइतबार

एमालेका केन्द्रीय सदस्य जोशीले पार्टी छाडे

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीले पार्टी छाडेका छन् । बिहीबार एमाले छाडेर जोशी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।

जोशीलाई समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । पूर्व वनमन्त्रीसमेत रहेका जोशी बझाङ क्षेत्र नं १ बाट २०५१ सालमा प्रतिनिधि सभा सदस्य र २०६४ सालमा सोही क्षेत्रबाट संविधानसभा सदस्य रहेका थिए ।

समाजवादी पार्टीमा प्रवेश गर्नुअघि जोशीले एमालेबाट असोज २० गते राजीनामा दिएका थिए । राजीनामा पत्रमा एमाले एकताका लागि गरिएको १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन (अपानी) कार्यन्वयन नगरेकोमा अध्यक्ष केपी ओलीप्रति जोशीले असन्तुष्टि जनाएका छन् ।

उनले भनेका छन्, ‘पार्टी एकताका लागि कोशेढुंगाको रुपमा रहेको १० बुँदे सहमति र अपानी १२ समेत कार्यान्वयन नगर्ने, पार्टीमा फेरि पनि आग्रह, पूर्वाग्रहको अवस्था यथावत नै रहेको महशुस एमाले केन्द्रीय कमिटी सदस्य पदबाट राजीनामा दिएको छु ।’

एमालेभित्र १० बुँदा कार्यान्वयनलाई लिएर आ–आफ्नै अड्कलबाजी र ब्याख्या भइरहेका बेला केन्द्रीय सदस्य जोशीले एमाले पार्टी छाडेका छन् ।