बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

पत्तासाफ भएपछि कांग्रेसका हरुवाहरूले राखे कार्यक्रम, मेलम्चीमा ठूलो झडप हुने

दैनिक नेपाल २०७८ असोज २१ गते १०:४९

काठमाडौं, २१ असोज । सिन्धुपाल्चोक जिल्लाको वडा अधिवेशनमा रामचन्द्र पौडेल पक्षका अधिकांश नेता कार्यकर्ता पराजित भएपछि बाँकी तहको अधिवेशन नगराउन केन्द्रीय निर्वाचन समितिका सदस्य सीताराम केसीको निर्देशनमा मतदान अधिकृत छविरमण निरौलालाई लुकाएर राखेको खुलासा भएको छ ।

कांग्रेसको १४औँ महाविधेशनको तयारीको सिलसिलामा अधिवेशन गराउन सिन्धुपाल्चोकमा खटाइएका निर्वाचन अधिकृत निरौलालाई सोलुखुम्बु खाटाइएको छ । १०३ वटा वडा भएको सिन्धुपाल्चोकमा असोज ५ गते १०० वटा वडाहरूमा वडा अधिवेशन सम्पन्न भएको थियो ।

वडा अधिवेशनमा पौडेल समूहका पूर्व जिल्ला सभापति भुपेन्द्र थापालगायत अधिकांश नेता कार्यकर्ता वडा तहको निर्वाचनमा नराम्रोसँग पराजित भएका छन् ।

अन्य तहको अधिवेशमा भाग लिने मान्छे पनि नरहने गरि आफै कार्यकर्ताहरूबाट तिरस्कृत भएपछि बाँकी ३ वटा वडाको समेत निर्वाचन नगराई निर्वाचन अधिकृतलाई सिन्धुपाल्चोकबाट काठमाडौं बोलाएर पौडेल समूहले लुकाई राखेको खुलेको छ ।

निर्वाचन अधिकृतलाई रामचन्द्र समूहकै केन्द्रीय निर्वाचन समितिका सीताराम केसीले छानेर आफू निकटका व्यक्ति पठाएका थिए ।

सिन्धुपाल्चोक केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको गृहजिल्ला पनि हो । बस्नेत पार्टी सभपाति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन् ।

वडा अधिवेशनमा बस्नेत पक्षको एकलौटी वर्चश्व कायम भएको देखेपछि र पालिका, प्रदेश र जिल्ला अधिवेशनमा आफ्नो उम्मेदवार पनि दिन नसक्ने अवस्थामा पुगेका रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराललगायतका नेताहरूसम्म पुगेर बाँकी अधिवेशन रोक्न हारगुहार गरेपछि सिन्धुपाल्चोकको अधिवेशन रोक्न केन्द्रीय निर्वाचन समितिका सदस्य सीताराम केसीलाई प्रयोग गरेर यो काम गराएको कार्यकर्ताको आरोप छ ।

हप्तौँसम्म जिल्ला निर्वाचन अधिकृतलाई लुकाएर राखेपछि केन्द्रीय सदस्य बस्नेत पक्षले केन्द्रीय निर्वाचन समितिमा उजुरी समेत दिएर निर्वाचन समितिका प्रमुख वरिष्ठ अधिवक्ता महदेव यादवसमेतलाई जानकारी गराइ यथाशीघ्र बाँकी निर्वाचन सम्पन्न गर्न/गराउन नेता कार्यकर्ताहरू आग्रह पनि गरिसकेका छन् ।

पटक–पटक बैठक बसेको नाटक गरे पनि रामचन्द्र पौडेल समूहका सीताराम केसी अनुपस्थित हुने अनि सहमति नभएको बहानामा निर्वाचन अनिश्चिततातिर धकेली दिएका दिएका छन् ।

सिन्धुपाल्चोकमा असोजको २२ गते शुक्रबार विकास लामाले राखेको कार्यक्रममा डडेल्धुराको भन्दा खतरनाक तरिकाले झडप हुन सक्ने सम्भावना छ ।

पराजित भएपछि सिन्धुपाल्चोकमा रामचन्द्र पौडेल समूहले बखेडा गरेका कारणबाट अधिवेशन बीचमै रोकिएको छ ।

आफ्नो वडामा नै पराजित कार्यकर्ताहरूको मनोवल गिरिरहेको बेला सान्त्वना दिने र परिस्थितिलाई उत्तेजित बनाउन महामन्त्री शशांक कोइराला असोज २२ गते शुक्रबार मेलम्ची जाने कार्यक्रम हरुवा पक्षले राखेको छ ।

वास्तविक कुरा के छ भने दुई वटा संसदीय निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा क्षेत्र नं. १ केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको पर्छ । जुन क्षेत्रमा पौडेल पक्षका नेता कार्यकर्ता सोत्तर भएर रहेका छन् ।

बाँकी निर्वाचनमा उम्मेदवार बन्ने मान्छे समेत नपाउनेस्थित भएको छ ।

क्षेत्र नं. २ हालका सभापति विकास लामाको क्षेत्र पर्छ । त्यो क्षेत्रमा पनि अधिकांश वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरू मोहनबहादुर बस्नेत पक्षकै भएकोले यिनै प्रतिनिधिहरूले बाँकी सबै तहको निर्वाचनमा भोट हाल्ने भएकोले परिणाम के आउँछ स्पष्ट छ ।

केन्द्रीय अधिवेशन अगाडि चुनावै हुन नदिने, गर्नै परे पनि वरिष्ठ नेता रामचन्द्र पौडेलमार्फत मतदान अधिकृत लुकाउने वा काम गर्न नदिने शेखर कोइरालामार्फत अरु जिल्लामा झैँ सिन्धुपाल्चोकमा पनि आफ्ना प्रतिनिधि ल्याउन ठूलो रकम पठाउने र महामन्त्री शशांक कोइराला सिन्धुपाल्चोक खटाउने तयारी गरिएअनुसार असोज २२ गते शुक्रबार शशांक कोइराला सिन्धुपाल्चोकको मेलम्चीमा जाने कार्यक्रम घोषणा गरिएको छ ।

कार्यक्रममा पौडेल पक्ष र शेरबहादुर पक्षधरबीच ठूलो झडप हुने सम्भावना रहेको कांग्रेसका कार्यकर्ताको भनाइ छ ।

स्मरण रहोस् शेरबहादुर देउवा पक्षका नेता कार्यकर्ताको भनाइ अनुसार केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था नेपाली कांग्रेसको बैधानिक व्यवस्था भए पनि देशभरि कांग्रेसीजनहरू माग अनुसार केन्द्रीय सदस्य बस्नेत वडाबाटै निर्वाचन भएर आएका छन् ।

पौडेल पक्षीय विकास लामा महाधिवेशन प्रतिनिधि हार्ने डरले नेताहरूलाई भोट मागिदिनु पर्‍यो भनेर बेलानकुबेला दशैँको मुखमा निर्वाचन स्थगित गराएर महामन्त्रीलाई भोट मागीदिन पर्‍यो भनेर बाढीपहिरोको चपेटामा परेको मेलम्ची र हेलम्बुमा सिन्को भाँच्न नसक्ने, रुवाबासीमा रहेको मेलम्चीमा चियापन कार्यक्रम भनेर खुसीयाली मनाउने कुरा कत्तिको सान्दर्भिक हुन्छ ?

खास कुरा कार्यकर्ता जम्मा गरेर भोट माग्न लगाउने नै हो भनेर कार्यकर्ता आक्रोशमा देखिएका छन् । त्यसैले दोहोरो झडप भए आश्चर्य मान्नु पर्दैन । यसको असर देशभरि पर्न सक्नेछ । सम्बन्धी पक्षले बेलैमा ध्यान पर्‍याउँदा बुद्धिमानी हुन्छ कि भन्ने सुझाव कार्यकर्ताको छ ।

प्रतिक्रिया
सम्बन्धित