शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पाकिस्तानमा शक्तिशाली भूकम्प, कम्तिमा २० जनाको मृत्यु

दैनिक नेपाल २०७८ असोज २१ गते ७:४८

लाहोर, २१ असोज । पकिस्तानको बलुचिस्तान प्रान्तमा बिहीबार बिहानै शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार मृत्यु हुनेमा ६ जना बालबालिका छन् ।

सुरुमा ६ म्याग्निच्यूडको भूकम्प गएको भनिए पनि पाकिस्तानका बलुचिस्तानका स्थानीय अधिकारीहरूले भूकम्प ५.७ म्याग्निच्यूडको रहेको उर्दु बीबीसीलाई जानकारी दिएका छन् ।

बिहीबार बिहान करीव साढे ३ बजेतिर भूकम्प गएको हो ।

भवनहरू भत्किएर त्यसमा च्यापिएर २० जनाको मृत्यु भएको छ । उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय अधिकारीहरुले जनाएका छन । हालसम्म १५० जना घाइते भएको पुष्टि भएको छ ।

घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ । यसमा केही गम्भीर घाइतेहरु पनि रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित