
काठमाडौँ, २० असोज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत प्राप्त गरेका छन् ।
राउतले वुधबार प्रदेशसभाबाट विश्वासको मत हासिल गरेका हुन् । सत्तारुढ दल विभाजित भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले मत लिएका हुन् ।
१०० जना प्रदेशसभा सांसदमध्ये राउतको पक्षमा ७७ जनाले मत दिएका छन् भने २३ जनाले विपक्षमा मतदना गरेका छन् ।
राजनीतिक दलसम्बन्धी अध्यादेश आएपछि जसपा फुटेपछि मुख्यमन्त्री राउतले विश्वासको मत लिनुपरेको हो ।












प्रतिक्रिया