१९ कार्तिक २०८३, बिहिबार

थप एक हजार ४३ जनामा कोरोना पुष्टि, ८१९ निको, १२ को मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० असोज । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा एक हजार ४३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ११ हजार ५८२ र एन्टिजेन विधिबाट ४ हजार ४६० एन्टिजेन परीक्षण गरिएकोमा एक हजार ४३ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ८ लाख ९२ हजार २६७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८१९ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ७२ हजार २२९ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १६ हजार १९४ जना रहेको छ ।

मन्त्रालयका अनुसार ३३८ संक्रमित आइसीयुमा छन् भने ११५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

हालसम्म ६४ लाख १९ हजार ४८० जनाले पूर्ण खोप लगाइसकेका छन् भने ७९ लाख ६२ हजार ६४७ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १९२ जना पुगेको मन्त्रालयले जनाएको छ ।