१९ कार्तिक २०८३, बिहिबार

नरायणकाजी श्रेष्ठले किन गरे माओवादीमा लफडा ?

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० असोज । नेकपा (माओवादी केन्द्र) मा लफडा देखिएको छ ।

माओवादी नेता नाराणकाजी श्रेष्ठले पार्टीको विदेश विभाग गठनलाई लिएर असन्तुष्ट पाखेपछि पार्टीमा विवाद उत्पन्न भएको हो ।

श्रेष्ठले पार्टीले राम कार्कीको अध्यक्षतामा ३१ सदस्यीय विभाग गठनको तयारीमा असन्तुष्टि जनाएका हुन् ।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत विभाग गठन भइनसकेको जिकिर गरे । ‘नेकपा (माओवादी केन्द्र) को विदेश विभाग गठन भएको र त्यसमा बिभिन्न व्यक्तिहरू राखिएको भन्ने समाचार गलत हो,’ उनले ट्वीटरमा लेखेका छन्, ‘पार्टीले विदेश विभाग गठन गरिसकेको छैन । यस्ता गलत सूचना प्रसारित नगर्न र त्यसको भ्रममा नपर्न अनुरोध गर्दछु ।’

जबकी माओवादी केन्द्रीय कार्यालयका अनुसार माओवादीले विभागमा रहने सदस्यहरूको सूची तयार गरेको र औपचारिकता दिन मात्रै बाँक रहेको जनाइएको छ ।

पार्टीको गत साउन ३० र ३१ मा केन्द्रीय समिति बैठकले राम कार्कीलाई विदेश मामिला विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको थियो । यसै निर्णयमा श्रेष्ठले असन्तुष्टि जनाउँदै आएका थिए ।

प्रवक्ताको जिम्मेवारीबाट समेत हटेका श्रेष्ठको चाहना विदेश विभागमा छ । तर, पार्टीले अर्कै निर्णय गरेपछि उनी असन्तुष्ट बनेका बताइएको छ ।