२ कार्तिक २०८३, सोमबार

बलिउड कलाकारहरू नेपालमा, अनुपमद्वारा पशुपतिनाथको दर्शन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिल्म छायांकनका लागि बलिउड कलाकारहरू अनुपम खेर, बोमन इरानी, परिणिति चोपडा र सारिका हसन नेपाल आएका छन् ।

सुरज बडजात्याको निर्देशनमा बन्न लागेको ‘उचाई’ फिल्मका लागि उनीहरू नेपाल आइपुगेका हुन् ।

उनीहरू प्लेन चार्टर गरेर आइतबार नेपाल आइपुगेको जनाइएको छ । उचाईको नेपाल व्यवस्थापन थ्री ह्विलर्स कम्पनीले दिएको छ ।

केही समय अगाडि सुटिङस्थल हेर्नका लागि बडजात्या नेपाल आउँदा अमिताभ बच्चन र डेनी डेनजोङपोङ पनि नेपाल आउने कुरा थियो । उनीहरू नेपाल आएका छैनन् ।

अभिनेता अनुपम खेरले मंगलबार बिहान सामाजिक सञ्जालमा पशुपतिनाथ मन्दिरको दर्शन गरेको भिडियो समेत राखेका छन् ।

उनले विमानस्थलमा ओर्लनासाथ नेपालको तारिफ गर्दै लेखेका थिए, ‘मन्दिर र स्तुपाहरुको सहरमा लामो समयको अन्तरालपछि फर्कनु खुसीको कुरा हो । सुरजसँगको यो मेरो चौथौं फिल्म हो ।’

बलिउड कलाकारको यो टोलीले मनाङ, मुस्ताङ, लुक्ला, लाङटाङलगायतका ठाउँमा फिल्म छायांकन गर्ने बताइएको छ ।