८ कार्तिक २०८३, आइतबार

सशस्त्र प्रहरीद्वारा ४० लाखको औषधि बरामद

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ईलाम, २० असोज । ईलाम जिल्लाको सूर्योदय नगरपालिका–३ बाट सशस्त्र प्रहरीले करीव ४० लाख ४१ हजार रुपियाँ बराबरको विभिन्न किसिमका औषधि बरामद गरेको छ ।

सोही नगरपालिका कट्टेबुङस्थित एक घरमा अवैध रुपले ल्याई लुकाई छिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पशुपतिनगरबाट खटिएको सशस्त्र प्रहरीले उक्त औषधि बरामद गरेको हो ।

बरामद औषधि भन्सार कार्यालय पशुपतिनगरमा बुझाईएको छ ।