
काठमाडौँ, १९ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ९६८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ११ हजार ५८२ र एन्टिजेन विधिबाट ४ हजार ४६० एन्टिजेन परीक्षण गरिएकोमा ९६८ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ८ लाख ९१ हजार २२४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ११४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ७१ हजार ३३८ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४८ जना रहेको छ ।
मन्त्रालयका अनुसार ३३५ संक्रमित आइसीयुमा छन् भने १२२ जना भेन्टिलेटरमा उपचाररत छन् ।
हालसम्म ६४ लाख ९ हजार १९६ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ७९ लाख १३ हजार ५५५ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १८० जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया