
काठमाडौँ, १९ असोज । सत्तारुढ गठबन्धनको तेस्रो दल जनता समाजवादी पार्टी नेपाल (जसपा)ले चारवटा मन्त्रालय पाएको छ ।
मंगलबार बसेको गठबन्धनको बैठकले जसपालाई भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय भागबण्डा गरेको हो ।
ती मन्त्रालयहरुमा क-कसलाई मन्त्री बनाउने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ । यद्यपी भोलि बस्ने पार्टीको कार्यकारिणी बैठकले टुंगो लगाउने बुझिएको छ ।















प्रतिक्रिया