१९ कार्तिक २०८३, बिहिबार

भन्सार छलेर ल्याउँदै गरेको साढे ४ लाख बराबरको मोबिलसहित पक्राउ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

नवलपरासी (पश्चिम), १९ असोज । सुस्ता गाउँपालिका–५ रतनगंजस्थित सडकबाट लु.१ च ४६२८ नम्बरको गाडीमा अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको करिब ४ लाख ६० हजार ४ सय रुपैयाँ मूल्य बराबरको विभिन्न कम्पनीको मोबिल आयल सहित गाडीका चालक सुस्ता गाउँपालिका–३ कुडिया बस्ने २५ वर्षीय पप्पु थारुलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त गाडीमा विभिन्न कम्पनीको मोबिल आयल लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा फेला पारी चालक थारुलाई पक्राउ गरेको हो ।

उनलाई बरामद मोबिल आयल र गाडी सहित आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय नवलपरासी पश्चिम पठाइएको छ ।