१९ कार्तिक २०८३, बिहिबार

भक्तपुरका मासु पसल विना दर्ता सञ्चालनमा रहेको पाइयो

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

भक्तपुर, १८ असोज । भक्तपुरका अधिकांश मासु पसल विना दर्ता सञ्चालनमा रहेका पाइएको छ ।

भक्तपुर नगरपालिकाद्वारा गठित बजार अनुगमन समितिले आज गरेको अनुगमनका क्रममा ती पसलमा फोहोरमा मासु बिक्री गरेको पाइएको जनाएको छ ।

समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा ब्रम्हायणी र तुमचो दुगुरे आवास क्षेत्रमा रहेका मासु पसलको अनुगमन गर्दा यहाँका सबै मासु पसल दर्ता नै नगरी सञ्चालन गरेको पाइएको छ ।

साथै पसलमा फोहर, झिङ्गा भन्किएको, मासु सफा गर्ने ठाउँनै फोहर रहेको, फोहर पानीले मासु पखालेको, फ्रिज सफा नगरेको पाइएको छ समितिले जनाएको छ ।

यसैगरी सरसफाइमा ध्यान नदिएको, भुईँ, भित्ता सजिलै सफा गर्न मिल्ने गरी मार्वल वा टायल नराखेको, तराजु दर्ता तथा नवीकरण नगरेको, मासु सफा गरेको पानी सजिलै जान सक्ने व्यवस्था नभएको, सेतो एप्रोनको प्रयोग नगरेको, मासु काट्ने औजार र भाँडा नराखेको पाइएको निरीक्षक प्रजापतिले बताए ।

बजार अनुगमन गर्दा मासु पसलले न्यूनतम मापदण्ड पालना नगरेको पाइएको छ । दर्ता नभएकालाई अनगुमनकै क्रममा दर्ता गराइएको छ । –रासस