८ कार्तिक २०८३, आइतबार

यातायात कार्यालयबाट दुई जना विचौलिया पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट दुई जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–१४ नक्खीपोटका ३० वर्षीय सुमन तामाङ र ललितपुर १३ कुसुन्तीका २३ वर्षका सुरज गुप्ता पक्राउ परेका हुन् । उनीहरू आइतबार पक्राउ परेका हुन् ।

उनीहरूले लिखित परीक्षा पास गराइदिने, फास्ट ट्रायल मिलाइदिने, नवीकरण र सिफारिससमेत मिलाइदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने गरेको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

लाइनमा बसेका सर्वसाधारणलाई सास्तीसमेत दिने गरेका थिए । यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ गरी लिँदै गरेको अवस्थामा पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

महाशाखाको पीडित सहायता कक्षबाट सादा पोशाकमा खटिएको टोलीले आफैँ सेवाग्राही बनेर कारवाही अभियान चलाइरहेको छ ।

सोही क्रममा उनीहरु पक्राउ परेका र हाल थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा बुझाइएको महाशाखाले जनाएको छ ।