२ कार्तिक २०८३, सोमबार

आईपीएलमा नाइट राइडर्ससँग सनराईजर्स पराजित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, १८ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ ।

दुबईमा आतबार राति भएको खेलमा कोलकाताले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय १६ रनको लक्ष्य कोलकाताले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

कोलकाताको जितमा सुबमन गिलले ५७ रनको अर्धशतकीय पारी खेले भने नितिष रानाले २५ तथा दिनेश कार्तिकल १८ रन बनाए ।

हैदराबादका जासन होल्डरले २ तथा रसिद खान र सिद्धार्थ कुलले एकरएक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो ।

हैदराबादका केन विलियम्सनले २६, अब्दुल समादले २५, प्रियम गार्गले २१ रन र ज्यासन रोयले १० रन जोड्नु बाहेक अरुदले दोहोरो अङ्क जोड्न सकेनन् ।

कोलकाताका टिम साउथी, शिवम माभी र वरुण चक्रवर्तीले २र२ विकेट लिए भने शकिब अल हसनले एक विकेट लिए ।

जितसँगै१३ खेलमा १२ अङ्क जोडेर कोलकाता चौथो स्थानमा रहेको छ । १२ खेलमा २ खेल मात्र जितेर ४ अङ्क जोडेको हैदराबाद पुछारमा छ । हैदराबाद प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

यसअघि आईपीएलमा हिजै भएको अर्को खेलमा पञ्जाब किङ्ग्सलाई ६ रनले हराउँदै रोयल च्यालेञ्जर्स बेङ्ग्लोर आईपीएल क्रिकेटको क्वालिफायरमा पुगेको छ ।