१९ कार्तिक २०८३, बिहिबार

बसन्त चौधरीको मुटुको सफल शल्यक्रिया

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असोज । परिवारसँग छुट्टी मनाउन दुबई पुगेका बखत स्वास्थ्यमा अचानक समस्या आई हृदयघातबाट पीडित भएका नर्भिक इन्टरनेशनल हस्पिटलका संस्थापक बसन्तकुमार चौधरीको मुटुको सफल शल्यक्रिया भएको छ ।

गत मंगलबार दुबईस्थित अमेरिकन हस्पिटलमा उनको मुटुको शल्यक्रिया भएको हो ।

शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ । अमेरिकन हस्पिटलको टिमले उच्चतम प्रविधिको प्रयोग गरी संस्थापक चौधरीको ओपन हार्ट सर्जरी गरेको हो ।

सर्जरीपछि हाल उनी पोस्ट अपरेटिङ केयरमा छन् । अब २ दिन सो युनिटमा राखेर उनलाई डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

उनी केही दिनअघि परिवारसँग छुट्टी मनाउन दुबई जानुभएको थियो । त्यहाँ गएको ३ दिनपछि अर्थात असोज ८ गते स्वास्थ्यमा अचानक समस्या आई अस्पताल भर्ना भएका थिए ।

सो क्रममा सामान्य खालको हृदयघात भएको र मुटुको धमनीमा समेत समस्या देखिएपछि चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए । सोही सुझावअनुसार उनको मंगलबार शल्यक्रिया गरिएको थियो ।