१९ कार्तिक २०८३, बिहिबार

‘झन् भ्रममा पार्न खोज्छन् एमालेमा ओइरो लाग्छ, ५१ प्रतिशत नेपाली एमालेमा हुन्छन्’

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५१ प्रतिशत नेपाली एमालेको पक्षमा रहने बताएका छन् ।

आइतबार विधान महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

एमालेलाई कमजोर बनाउन खोजिए पनि जनताको आकर्षण एमालेमा रहेको र अब ५१ प्रतिशत नेपालीलाई एमालेको पक्षमा बनाउन उनले निर्देशन गरेका हुन् ।

‘झन् भ्रममा पार्न खोज्छन् एमालेमा ओइरो लाग्छ । कम्तीमा ५१ प्रतिशत नेपाली एमालेको पक्षमा पार्न सम्भव छ’, अध्यक्ष ओलीको भनाइ छ ।

‘यो पार्टीले देशलाई कहाँबाट कहाँ पु¥यायो भने देख्दादेख्दै । गाईको पुच्छर समातेर बैतर्नी तर्न खोज्छन् भन्ने सुनेको थिएँ, अहिले त्यही खेल भएको छ, अन्योलमा पर्न जरुरी छैन । कतिपय भ्रममा परेका, तानेर लगेका अलमलिएका साथीहरूलाई केन्द्रदेखि स्थानीय तहसम्म प्रयास गर्न आग्रह गर्दछु । आज भर्खर मात्र सयौँ पुराना कार्यकर्ता एमालेमा फर्कनुभएको छ’, ओलीले भनेका छन् ।