१९ कार्तिक २०८३, बिहिबार

घट्दै संक्रमण, निको हुने बढ्दै, आइतबार कति जनामा कोरोना ?

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ६७९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ६७९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार ७० र एन्टिजेन विधिबाट ३ हजार ८५० एन्टिजेन परीक्षण गरिएकोमा ६७९ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ८ लाख ८९ हजार २२६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४०५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ६९ हजार २२४ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८०४ जना रहेको छ ।

मन्त्रालयका अनुसार ३३७ संक्रमित आइसीयुमा छन् भने १०४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

हालसम्म ६३ लाख ५२ हजार ३२२ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ७७ लाख १६ हजार ९८५ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १६४ जना पुगेको मन्त्रालयले जनाएको छ ।