१९ कार्तिक २०८३, बिहिबार

केन्द्रीय सदस्यको उम्मेदवार हुन एमालेले तोक्यो ६ बुँदे मापदण्ड

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असोज । नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यको उम्मेदवार हुनका लागि ६ बुँदे मापदण्ड बनाइएको छ ।

एमालेको प्रथम विधान महाधिवेशनले केन्द्रीय कमिटी सदस्यका लागि ६ बुँदामा मापदण्ड बनाएको हो ।

आइतबार विधान परिमार्जन पारित गर्दै ६ बुँदे मापदण्ड तयार गरेको हो ।

एमाले नेता विष्णु पौडेलकाअनुसार प्रस्तावित विधानको धारा ५४ मा गरिएको व्यवस्था अनुसार केन्द्रीय कमिटी सदस्यको उम्मेदवार हुन केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य भइ काम गरेको हुनुपर्नेछ ।

त्यस्तै, राष्ट्रिय प्रतिनिधि परिषदको सदस्य भइ काम गरिसकेको वा प्रदेश कमिटीको सदस्य भइ काम गरेको वा केन्द्रीय विभागको सचिव अथवा सदस्य भइ काम गरेको हुनुपर्नेछ ।

यस्तै जिल्ला कमिटीको पदाधिकारी भइ एक कार्यकाल वा सदस्य भई दुई कार्यकाल काम गरेको अथवा कम्तीमा १० वर्ष पार्टी सदस्य भइ काम गरेको व्यक्तिले पनि केन्द्रीय कमिटी सदस्यको उम्मेदवार बन्न पाउनेछ ।

तर, दलित, महिला सीमान्तकृत जनजाति, अपांगता भएका व्यक्तिका हकमा भने एक कार्यकाल जिल्ला कमिटी सदस्य र ७ वर्ष पार्टी सदस्य भए केन्द्रीय समिति सदस्यको उम्मेदवार बन्न सक्ने पौडेलले जानकारी दिए ।