२ कार्तिक २०८३, सोमबार

गायिका एरियाना ग्रान्डे परिन् समस्यामा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । सेलिब्रेटी जीवन जति आकर्षक र आरामदायी देखिन्छ, यथार्थ त्यस्तो हुँदैन । चर्चित व्यक्ति भएपछि धेरैले आफ्नो व्यक्तिगत जीवन गुमाउनु पर्छ ।

आफ्नो कामले गर्दा उनीहरूले प्रशंसा मात्र पाउँदैनन् । आलोचना, गाली र धम्कीको ओइरो पनि सहनु पर्छ ।

विश्व चर्चित गायिका एरियाना ग्रान्डे अहिले यस्तै समस्याको शिकार भएकी छिन् । उनले सामाजिक सञ्जालमा एउटा डरलाग्दो घटना खुलासा गरेकी छिन् ।

एरियानाका अनुसार एक व्यक्तिले उनको घर पसेर उनका सुरक्षाकर्मी र उनलाई मार्ने धम्की दिएका थिए । ती व्यक्तिले उनलाई पछिल्ला केही महिनादेखि पछ्याइरहेका थिए र उनलाई पटक–पटक मार्ने धम्की पनि दिएको बताउँछिन् ।

टिएमजेडका अनुसार एरियानालाई मार्ने धम्की ती व्यक्तिको नाम हरोन ब्राउन हो । ब्राउनले सात महिनाभन्दा अघिदेखि एरियानालाई मार्ने प्रयास गरिरहेका थिए । सेप्टेम्बर ९ मा भने उनी एक्लै घरमा भएको मौका पारेर चक्कुले हमला गर्न पसे ।

ब्राउन ठूलो चक्कुले लिएर एरियानालाई मार्न घरभित्र छिरेका थिए । त्यहाँ सुरक्षाकर्मीले उनलाई रोक्न खोजिरहेका थिए । ब्राउनले उनीहरूलाई पनि मार्ने धम्की दिन थालेको एरियानाले बताएकी छिन् ।

त्यसपछि उनले प्रहरीलाई फोन गरेर बोलाइन् । ब्राउनलाई यसअघि पनि प्रहरीले धेरै पटक चेतावनी दिएको थियो । अहिले भने उनलाई हिरासतमा लिइएको छ । उनलाई दुई अपराधको आरोप लगाइएको छ ।