शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

स्वर्णिम युगद्वारा गायक दलबहादुर विकलाई नगद सम्मान

एसपी उप्रेती २०७८ असोज १७ गते १०:२७

-एसपी उप्रेती

काठमाडौँ, १७ असोज । स्वर्णिम युगले जनताका गीत गाउने गायक दलबहादुर बिकलाई सम्मान गरेको छ ।

शुक्रबार अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको सहयोगमा स्वर्णिम युगले बिकलाई ५२ हजारको नगदसहित सम्मान गरेको हो । बिकलाई जनगायक जीवन शर्माको पहलमा विदेशमा बस्ने नेपालीहरुले नगद उपलब्ध गराएका हुन् ।

हाल गायक बिक उपत्यका बाहिर रहेकाले जनगायक शर्मामार्फत चेक हस्तान्तरण गरिएको हो । स्वर्णिम युगका पदाधिकारीहरुको उपस्थितिमा गायक बिकलाई शर्मामार्फत नगदसहित सम्मान व्यक्त गरिएको हो ।

गायक बिकलाई अस्ट्रेलियाबाट अभिमन्यु बस्नेतले सहयोग गरेका छन् । त्यस्तै, दिपक विष्ट, रेश्मा तिमिल्सिना, कृष्ण सुनार, जनक दाहाल, कन्तोष आचार्य तथा छत्र शंकरले सम्मान स्वरुप नगद उपलब्ध गराएका छन् ।

स्वर्णिम युगले विभिन्न सामुदायिक विद्यालयका विपन्न बालबालिकाहरुका लागि शैक्षिक सामाग्रीहरु प्रदान गर्दै आइरहेको छ । यसमा सहयोग गर्ने सम्पूर्णमा स्वर्णिम युग परिवारले धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित