१९ कार्तिक २०८३, बिहिबार

अनेरास्ववियू क्रान्तिकारीको अध्यक्ष प्रचण्डले चुन्ने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असोज । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को सम्मेलन जारी छ । तर अध्यक्ष चयन गर्ने जिम्मेवारी भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ ।

पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले अध्यक्ष प्रचण्डलाई अनेरास्वविय (क्रान्तिकारी) को अध्यक्ष चयन गर्ने जिम्मा प्रदान गरेको हो ।

‘विद्यार्थीको राष्ट्रिय सम्मेलन चलिरहेको छ । त्यसको नेतृत्व चयनको विषय थियो । त्यसमा हामीले सम्भावित सबै पात्रहरु अहिलेको उपाध्यक्षदेखि हट्नेसम्मका सबैबारे छलफल गरियो । सबै पात्रहरु समान हैसियतका छन्, समान क्षमता राख्छन’, उनले भने, ‘ती मध्येमा छनौट गर्ने जिम्मेवारी अध्यक्ष कमरेडलाई दिइएको छ ।’

आफूलाई लोकतन्त्रवादी ठान्ने पार्टीले लोकतान्त्रिक पद्धती भने अपनाएको देखिँदैन । कुनै प्रतिस्पर्धा नभएर अब आफू पक्षीयलाई नै अध्यक्ष छान्न सक्ने आंकलन पनि गर्न थालिएको छ ।