१९ कार्तिक २०८३, बिहिबार

श्रोत नखुलेको साढे १५ लाख रुपैयाँसहित ३ जना पक्राउ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

पर्सा, १६ असोज । वीरगञ्ज महानगरपालिका–२५ सिर्सियाबाट श्रोत नखुलेको १५ लाख ५० हजार नेपाली रुपैयाँसहित ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्सा धोविनी गाउँपालिका–३ हरिहरपुर बस्ने २३ वर्षीय बलिराम पटेल, भारत पूर्वी चम्पारण थाना कंगेली–१ बसतपुर बस्ने २५ वर्षीय बिक्रम पटेल र भारत मोतिहारी थाना पलनवा भेलही बस्ने २९ वर्षीय मुकेश पटेल रहेका छन् ।

छप्कैया–सिर्सिया नाका हुँदै हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ३ वटा मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा हेल्मेटभित्र लुकाई ल्याएको उक्त श्रोत नखुलेको नगद फेला पारी पक्राउ गरेको हो ।

उनीहरुबाट ना.६० प ५९९८, ना.४१ प १०४८ र ना.६४ प ८३५९ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

उनीहरु उपर बैंक तथा वित्तिय ऐन सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।