१९ कार्तिक २०८३, बिहिबार

थप १ हजार ६६ जनामा कोरोना पुष्टि, ९३८ निको, १३ को मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १५ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप १ हजार ६६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १० हजार ११३ र एन्टिजेन विधिबाट ३ हजार २५५ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ६६ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ८ लाख ८७ हजार ६८० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९३८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ६६ हजार ६९६ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११५ जना रहेको छ ।

मन्त्रालयका अनुसार ३५४ संक्रमित आइसीयुमा छन् भने ११६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

हालसम्म ६३ लाख २८ हजार ३२७ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ७६ लाख ३१ हजार १८८ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १४८ जना पुगेको मन्त्रालयले जनाएको छ ।