
काठमाडौँ, १५ असोज । नेकपा एमालेको विधान महाधिवेशनको औपचारिक उद्घाटन भएको छ ।
पार्टीको आगामी नीति तय गर्न आयोजित महाधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर उद्घाटन गरेका छन् ।
ललितपुरको गोदावरीस्थित सनराइज अन्तराष्ट्रिय सम्मेलन केन्द्रको हलमा जारी महाधिवेशनमा देशभरबाट ६ हजार प्रतिनिधि सहभागी छन् ।
अध्यक्ष ओलीले पानसमा बत्ती बालेर महाधिवेशनको लोगो अनावरण भएको थियो ।
महाधिवेशनको पहिलो दिन शीर्ष नेताहरुको मन्तव्यसहित राजनीतिक, सांगठनिक र विधान संशोधन गरी तीनवटा दस्तावेज पेश छलफलका लागि पेश हुनेछन् ।












प्रतिक्रिया