१९ कार्तिक २०८३, बिहिबार

निजी सवारी नभएका महाधिवेशन प्रतिनिधिहरुका लागि माइक्रो बसको व्यवस्था

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ असोज । नेकपा एमालेको पहिलो विधान महाधिवेशन आजबाट सुरु भएको छ ।

बिहीबारदेखि सुरु भएको महाधिवेशन ३ दिनसम्म चल्नेछ । महाधिवेशनमा देशभरबाट ६ हजार बढी प्रतिनिधिहरुको उपस्थिति रहने जनाइएको छ ।

ललितपुरको गोदावरीमा सुरु भएको महाधिवेशनमा आफ्नो निजी सवारी नभएका प्रतिनिधिहरुका लागि माइक्रो बसको व्यवस्था गरिएको छ ।

अनेरास्ववियु, युवा संघ नेपाल, जिफन्ट र खेलकुद महासंघबाट २ सयका संख्यामा स्वयंसेवक व्यवस्था गरिएको छ ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिसहित स्वयंसेवक तथा सुरक्षाकर्मीलगायत सबैलाई बिहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमै व्यवस्थापन गरिएको जनाइएको छ ।