८ कार्तिक २०८३, आइतबार

आईजीपी र एआईजीबीच बोलचाल बन्द, एक्लै बढुवाको चक्करमा सिंह

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्र र महानगरीय प्रहरी रानीपोखरीका प्रमुख (एआईजी) हरिबहादुर पालबीचको टसलले गर्दा काठमाडौं उपत्यकाभित्रको शान्ति सुरक्षामा चुनौती थपिएको छ ।

स्रोतका अनुसार आईजीपी क्षेत्री र एआईजी पालबीच राम्रोसँग बोलचाल नै हुँदैन । राजनीतिक पावर लगाएर एआईजी पाल मेट्रोमा बसेपछि आईजीपी क्षेत्री रिसाएको चर्चा छ । एआईजी पालले आईजीपी क्षेत्रीलाई नटेर्ने गरेको चर्चा हेडक्वाटरतिर छ ।

काठमाडौं महानगरीय प्रहरी परिसरका प्रमुख (एसएसपी) अशोक सिंहले पनि पछिल्लो समय काठमाडौंको शान्ति सुरक्षामा धेरै चासो नदेखाएको आरोप छ । सिंहले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको एक वर्ष पूरा हुन थालेको छ । सरुवा र बढुवाको चर्चासँगै एसएसपी सिंहले काठमाडौंको कमाण्ड फितलो बनाएका हुन् ।

एमालेका सांसद समेत रहेका तत्कालीन डीआईजी नवराज सिलवाललाई कीर्ते काण्डमा सफाइ दिन महत्वपूर्ण भूमिका खेलेका एसएसपी सिंहको कमाण्ड रहेको जिल्लामा सुनको सिक्री नै लुटपाट हुन थालेपछि सर्वसाधारणमा चिन्ता बढाएको छ । तत्कालीन डीआईजी सिलवाललाई उन्मुक्ति दिन एसएसपी सिंहको फितलो अनुसन्धान र कमजोर प्रतिवेदनले गर्दा उन्मुक्ति पाएको कांग्रेसभित्र चर्चा छ ।

पछिल्लो समय एसएसपी सिंह कांग्रेससँग निकट भएका छन् । उनले सुदूरपश्चिमको नाता लगाएर बालुवाटारसँग निकटता गाँसेको चर्चा छ । विगतमा एमालेसँग निकटता गरेर एसएसपी सिंहले काठमाडौंको प्रहरी प्रमुखको कमाण्ड पाएका थिए ।

बढुवा र राम्रो ठाउँमा सरुवाका लागि एसएसपी सिंहले कांग्रेस नेताहरूसँग निकटता बढाएको आरोप छ । एसएसपी सिंहले आफ्ना ब्याजी एसएसपीहरूलाई पछाडि पारेर एक्लै बढुवा भएर डीआईजी बन्ने चक्करमा लागेका छन् ।

एसएसपी सिंहले हाइप्रोफाइल अपराधी र गुण्डाहरूलाई भन्दा पनि काम देखाउन स–साना व्यक्तिलाई पक्राउ गरेर दुःख दिइ हैरान बनाएको आरोप छ ।

एसएसपी सिंहले नाम चलेका अपराधी र गुण्डाहरूको घाँटीमा हात लैजान सकेका छैनन् । बरु अघिल्ला एसएसपीहरूले हाइप्रोफाइलहरूको सातो लिएका थिए ।

दशैँको मुखमा बिहीबार बिहान काठमाडौंमा सुनको सिक्री र नगद पैसा लुटपाट भएपछि काठमाडौं उपत्यकाभित्रको शान्ति सुरक्षा कति मजबुद रहेछ भन्ने प्रश्न उठेको छ ।

काठमाडौं महानगरपालिका–२६ सरकारी धारा बस्ने गोरखा जिल्लाको अजिरकोट गाउँपालिका–४ घर भएका २६ वर्षीय अजय रेग्मीको १.५ तोलाको सुनको सिक्री र नगद ८ हजार रुपियाँ टोखा नगरपालिका–९ गोँगबु शिवमन्दिर नजिकबाट बिहीबार बिहान लुटपाट भएको थियो । लुटपाट भएपछि प्रहरी लुटेर खोज्न खटिएको थियो ।

रेग्मीले घाँटीमा लगाएको सुनको सिक्री र नगद अपरिचित ३ जनाले लुटी फरार भएको थियो ।

महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शंकास्पद ३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

काठमाडौं उपत्यकाभित्र टोले गुण्डाहरूको पछिल्लो समय हर्कत बढ्न थालेका छन् । दरबारमार्ग, ठमेल, सोह्रखुट्टे, बानेश्वर, जावलाखेल, गंगबु, भक्तपुर, कलंकीलगायतका स्थानमा टोले गुण्डाहरू सलबलाउन थालेका छन् । ती गुण्डाहरूलाई मेट्रोका एआईजी पाल र काठमाडौंका एसएसपी सिंहले कारबाही गर्नेचित चासो नदेखाएको आरोप छ ।