२ कार्तिक २०८३, सोमबार

सामन्था र नागाको सम्बन्ध टुक्रिया

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । तेलुगू र तमिल फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था पछिल्लो हिन्दी वेब सिरिज ‘फ्यामेली म्यान २’ पछि थप चर्चामा छिन् । आफ्नो फिल्म र वेब सिरिजका कारण चर्चा बढिरहेको बेला सामन्था अभिनेता तथा श्रीमान् नागा चैतन्य अक्किनेनीसँगको सम्बन्धका कारण पनि खबरहरूमा छाएकी छिन् ।

अभिनेत्री सामन्था र नागा टलिउडका परिचित र मन पराइएका जोडीमध्ये पर्छन् । एकपछि अर्को खबरले यो जोडीको सम्बन्ध अन्त हुने देखाइरहेको छ । केही समयअघि सामन्थाले सामाजिक मिडियामा आफ्नो नामबाट नागाको थर ‘अक्किनेनी’ हटाएकी थिइन् । यसपछि नै उनीहरूको वैवाहिक सम्बन्धमा प्रश्न उठ्न थालेको हो । सामन्था र नागा वैवाहिक परामर्श लिन गएको खबर बाहिर आएपछि यो विषय झनै ठूलो हुन थाल्यो ।

अब भने यी दुई एमअर्कासँग छुट्टिएर बस्ने कुरा मिडियामा छाएको छ । बलिउड हंगामाका अनुसार सामन्था र नागा अहिले एउटै घरमा बस्दैनन् । नागा घर छाडेर आफ्ना बुबा तथा नागर्जुन र कान्छी आमा अमालासँग बस्न गएका छन् । यता सामन्था भने बलिउडमा आफ्नो करियर अगाडि बढाउन हाइदरबादको घर छोडी मुम्बई बसाइ सरेकी छिन् ।

बलिउडबाट पाएको मायापछि उनी आफ्नो अभिनय करियर अझै अगाडि बढाउन चाहन्छिन् । नागा चैतन्यले पनि आमिर खानको नयाँ फिल्म ‘लाल सिंह चड्डा’बाट बलिउडमा प्रवेश गरेका छन् । योसँगै उनको बालबच्चा जन्माएर परिवार ठूलो बनाउने चाहना छ ।

यही फरक चाहनाको कारण सामन्था र नागाबीच मनमुटाव भएको उनीहरूको भित्री स्रोतले जनाएको छ । सामन्था र नागाको पहिलो भेट सन् २००९मा रिलिज भएको फिल्म ‘ये माया चेसावे’को सेटमा भएको थियो । त्योबेलादेखि नै उनीहरुको सम्बन्ध राम्रो थियो । दर्शकहरुले पनि यो जोडीलाई मन पराएका थिए ।

उनीहरूबीच राम्रो बुझाइ भए पनि उनीहरू सम्बन्धमा भने बसेनन् । त्यो समय नागा अभिनेत्री श्रुती हसनसँग प्रेम सम्बन्धमा थिए । सामन्था पनि सिद्धार्थकी प्रेमिका थिइन् । सन् २०१३ तिर नागा र श्रुतीको ब्रेकअप भयो, सामन्था र सिद्धार्थ पनि एकअर्काबाट टाढा भए । बे्रकअपपछि सामन्था र नागा केहीसमय एकअर्कासँग प्रेम सम्बन्धमा रहे । उनीहरूले सन् २०१७ मा वैवाहिक सम्बन्ध गाँसेका थिए ।

यी दुई जोडीको सम्बन्ध विच्छेदको हल्ला फैलिएसँगै भारतीय फिल्म क्षेत्र र प्रशंसकहरू दुखी भएका छन् । कोही पनि उनीहरूको सम्बन्ध बिग्रियोस् भन्ने चाहिरहेका छैनन् ।