७ कार्तिक २०८३, शनिबार

सानिमाले रेमिट्यान्स मुद्दतीमा १० प्रतिशतसम्म ब्याज दिने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । बडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकका लागि विशेष दशैं बम्पर योजना अन्तर्गत रेमिट्यान्स मुद्दती खातामा १०.५१ प्रतिशतसम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गर्ने भएको छ ।

असोज १ गतेदेखि लागू भएको सो योजनामा विदेशबाट सानिमा एक्सप्रेस वा स्वीफ्टमार्फत बैंकमा पठाएको रकमलाई रेमिट्यान्स मुद्दती खातामा परिमार्जन गर्दा बैंकले १०.५१ प्रतिशतसम्म उच्च ब्याजदर दिइरहेको छ ।

बैंक खाता खोल्दा पहिलो वर्षका लागि डेबिट, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाता, अमेरिकी डलर ई–कार्ड निःशुल्क प्रदान गरिने बैंकले जनाएको छ ।

यसका साथै बचत खातामा ५प्रतिशतसम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा रु.१० लाखसम्मको दुर्घटना बीमा, रु.३ लाख बराबरको घातक रोगको बीमा, रु.५० हजार बराबरको मेडिकल बीमा, वार्षिक रु.५ हजार बराबरको वार्षिक बहिरंग उपचार खर्च र रु.५ हजार बराबरको स्वास्थ्य परीक्षण सेवा ग्राहकलाई प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।