२ कार्तिक २०८३, सोमबार

आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्ग्स प्ले अफमा प्रवेश

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको छ । जितसँगै चेन्नई प्ले अफमा प्रवेश गरेको छ ।

हैदराबादले दिएको १ सय ३५ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ४५ रन बनाए । फाप डु प्लेसिसले ४१ रन जोड्दा मोइन अलिले १७ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।