७ कार्तिक २०८३, शनिबार

म्याक्स मिडिया डिजिटल गुरु प्रतियोगिताको शुभारम्भ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १४ असोज । नेपालकै अग्रणी मिडिया कम्पनी म्याक्स मिडियाको आयोजनामा ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता शुभारम्भ भएको छ ।

डिजिटल मिडिया सम्वन्धी संभवत नेपालकै पहिलो र सबैभन्दा ठूलो यस प्रतियोगिताले डिजिटल मिडियामा विज्ञता भएका व्यक्तिहरुलाई भाग लिन आह्वान गरेको छ ।

‘म्याक्स मिडिया डिजिटल गुरु’प्रतियोगिता सञ्चालन गर्नुको मुख्य उद्धेश्य नै डिजिटल मिडियामा विज्ञता भएका व्यक्तिहरुको पहिचान गर्दै उनीहरुलाई व्यक्तिगत एवं समग्र नेपाली मिडिया उद्योगलाई नै टेवा पुर्याउन त्यस्ता व्यक्तिहरुको पहिचान, प्रोत्साहन र अवसर प्रदान गर्नु रहेको आयोजकले छ । नेपालमा विभिन्न विदेशी कम्पनिसँग सहकार्य गरेर डिजिटल मिडिया सम्बन्धी काम गर्ने अभ्यास भइरहेको छ ।

तर स्वदेशमा नै लुकेर रहेको डिजिटल मिडिया सम्बन्धी त्यस्तो प्रतिभाको खोजी गरी उनीहरुलाई नै प्रोत्साहन गर्दै डिजिटल मिडिया सम्बन्धी आवश्यकता पूर्ति गर्ने उद्देश्य लिएर अगाडि बढेको आयोजकको भनाइ छ ।

मिडिया क्षेत्रको पृष्ठभूमिमा पछिल्लो पाँच वर्षको अवधिमा निकै ठूलो परिवर्तन देखिएको छ । यस अवघिमा खासगरी डिजिटल मिडियाको शुरुवात मात्र नभई हाम्रो दैनिक जीवन, जहाँ हामी हाम्रो जीवत यापन गरिरहेका छौँ, त्यसको महत्व बढाइरहेको छ । अहिलेको समयमा हामीले नेपालमा डिजिटल मिडियाको संभावना उच्च देखेका छौँ, जुन हाम्रो विचार प्रश्तुत गर्ने एउटा सशक्त माध्यम पनि हो ।

नेपालको डिजिटल मिडियाको क्षेत्रमा प्रसस्त अवसर रहेको हामीले देखेका छौँ, जसवाट हरेक व्यक्तिले आफू वसेको स्थानवाट नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आफ्नो क्षमता प्रस्तुत गर्ने उचित अवसर प्राप्त गर्ने आयोजकको विश्वास छ । यो एउटा व्यक्तिको मात्र नभएर ग्राहक, आम विज्ञापन दाता र समग्र मिडिया उद्योगकै लागि राम्रो पक्ष रहेको जनाइएको छ ।

आयोजकले सहभागी हुन पनि आग्रह गरेको छ ।

यो उत्साहसँग आफ्नो नयाँ अनुभव कोर्नुका साथै सिमित घेराभन्दा वाहिर निस्किएर सिक्न र आफ्नो क्षमता वाहिर ल्याउनका लागि यो एउटा त्यस्तो अवसर हो जसले रु पाँच लाख सम्म पुरस्कार समेत प्राप्त गर्ने छ ।

म्याक्स मिडिया डिजिटल गुरुको मुख्य उद्देश्य नै मिडिया इण्डस्ट्रिका लागि उत्कृष्ट र नविनतम विचार सहितको सोच प्रश्तुत गर्ने रहेको छ । यस प्रतियोगितामा सहभागी हुनका लागि www.digitalguru.maxmedia.com.np मा रजिष्टर गर्न सकिने छ ।