७ कार्तिक २०८३, शनिबार

सनराइज बैंकले कर्मचारीलाई १५ लाखसम्मको बिना धितो लोन दिने

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ असोज । सनराइज बैंकले विभिन्न संघ संस्था तथा कार्यालयमा कार्यरत कर्मचारी वर्गलाई लक्षित गरी सनराइज पेरोल लोन योजना ल्याएको छ ।

यस योजना अन्र्तगत सनराइज बैंकमा सनराइज पेरोल सेभिङ अकाउन्ट भएका कुनै पनि ग्राहकहरुले बिना धितो रु १५ लाख सम्मको कर्जा लिन सक्नेछन् ।

योजना अनुसार ग्राहकहरुले अधिकतम २४ महिनाको तलब अथवा रु ५ लाख सम्मको र रु १० लाख सम्मको टर्म लोन गरी अधिकतम रु १५ लाख सम्मको कर्जा लिन सक्ने छन् । कर्जा लिन ग्राहक कुनै पनि संस्थाको कर्मचारी हुनुपर्ने छ ।

उक्त कर्जा ५ वर्ष सम्मको लागि प्रदान गरिने छ । साथै सन्राइज बैंकले आफ्नो १४ औँ वार्षिक उत्सव र दशैँको अवसर पारेर मुद्दती खातामा सर्वाधिक १०.०७ प्रतिशत सम्मको ब्याज दिने समेत व्यवस्था गरेको छ ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६० वटा ए.टि.एम र ९१ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।