
काठमाडौँ, १४ असोज । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ३२ अंक घटेको छ ।
आज ७३ लाख २१ हजार सेयर किनबेच हुँदा जम्मा तीन अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
बजार उच्च अंकले घटे पनि आज व्यापार, अन्य र म्युचुअल फण्ड समूहमा भने सुधार आएको छ । व्यापार ११८ अंकले, अन्य ४ अंकले र म्यूचुअल फण्ड समूह ०.०३ अंकले बढेको छ ।
यसबाहेक अन्य सबै समूहमा गिरावट आएको छ । विकास बैंक समूहमा सबैभन्दा धेरै १५५ अंकको, निर्जीवन बीमा समूहमा १०४ र जीवन बीमा समूहमा १०१ अंकको गिरावट आएको छ ।















प्रतिक्रिया