१९ कार्तिक २०८३, बिहिबार

मास्क नलगाउनेले सार्वजनिक सवारी चढ्न नपाउने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १४ असोज । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मास्क नलगाएका यात्रुलाई सार्वजनिक सवारी चढ्न रोक लगाउने भएको छ ।

बिहीबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले संक्रमण बढ्न सक्ने जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय लिएको जनाए ।

त्यस्तै, प्रशासनले यातायात व्यवसायीहरुलाई ढोकामा अनिवार्य स्यानिटाइजरको व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।