७ कार्तिक २०८३, शनिबार

स्काइट्रेक्सद्वारा कतार एयरवेज छैठौँ पटक ‘एयरलाइन अफ दि इयर’ घोषित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा, १४ असोज । अन्तर्राष्ट्रिय हवाई यातायात मूल्यांकन संगठन, स्काइट्रेक्सद्वारा कतार एयरवेजलाई ‘एयरलाइन अफ दि इयर’घोषणा गर्नुका साथै अन्य अवाडएबाट सम्मानित गरेको छ ।

कतार एयरवेजलाई वल्र्डस् बेस्ट बिजनेस क्लास, वल्र्ड्स बेस्ट बिजनेस क्लास एयरलाइन लाउन्ज, वल्र्ड्स बेस्ट बिजनेस क्लास एयरलाइन सिट, वल्र्ड्स बेस्ट बिजनेस क्लास अनबोर्ड क्याटरिंग र बेस्ट एयरलाइन ईन मिडल ईस्ट गरी थप पाँच अवार्डद्वारा पनि सम्मानित गरिएको छ ।

यस पटक पनि गरी छैठौँ पटक (२०११, २०१२, २०१५, २०१७, २०१९ र अब २०२१) प्रमुख अवार्डद्वारा सम्मानित भएको एयरलाइनले उद्योगमा आफ्नो एक छत्र अग्रतालाई निरन्तर्ता दिएको छ ।

उड्डयन उद्योगको ओस्करका रुपमा परिचित, द २०२१ स्काइट्रेक्स अवार्ड्सले सेप्टेम्बर २०१९देखि जुलाई २०२१ सम्मको अवधिका र सामान्य अवस्थाको यात्राका साथै महामारीको समयका यात्राको सुंयुक्त प्रतिनीधित्व गरेको छ । थपिएको समयावधिले कतार एयरवेजको दृढता र लचिलोपनको सटीक प्रतिनीधित्व गरेको छ ।

एयरवेजले साधारण समयमा उत्कृष्टताको प्रदर्शनी गर्नुका साथै सर्वाधिक चुनौतिपूर्ण घडीमा समेत आफ्ना विश्वभरका यात्रुलाई सक्दो चाँडै उडानमा नियमितता प्रदान गरी अतुलनिय योगदान पुर्याएको थियो । जनवरी २०२१मा स्काइट्रेक्स कोभिड-१९ सेफ्टि रेटिंग पाउने पहिलो वैश्विक एयरलाईन बन्न पनि कतार एयरवेज सफल रह्यो ।

त्यसैगरी, आफ्नो लग्जरियस अल मोरजान लाउन्जका लागि एयरलाइनलाई वल्र्डस् बेस्ट बिजनेस क्यास एयरलाइन लाउन्जका रुपमा उपाधि प्रदान गरियो ।

कम्पनीद्वारा प्याटेन्ट गरिएको क्यूस्विट बिजनेस क्लास लक्जरीलाई वल्र्ड्स बेस्ट बिजनेस क्लास एयरलाइन सिट, प्रिमियम क्याबिनलाई वल्र्ड्स बेस्ट बिजनेस क्लासका रुपमा लगातार पाँचौँ बर्षपनि अवार्ड प्रदान गरिएको छ ।

कम्पनीले निरन्तर परिस्कृतिकरणका साथमा अन बोर्ड उपलब्ध गराउने खान्कीलाई पनि वल्र्ड्स बेस्ट बिजनेस क्लास अनबोर्ड क्याटरिंग अवार्ड प्रदान गरियो ।

अन्ततः अद्वितिय गुणस्तर, वैश्विक सञ्जाल, निरन्तर विश्वसनियता तथा लचकता र यात्रुको पहिलो रोजाइको हवाई सेवाका आधारमा एयरलाइनलाई बेस्ट एयरलाइन ईन मिडल ईस्टको उपाधिपनि प्रदान गरिएको छ ।

कतार एयरवेजले महामारीको समयमा सेवा स्तर बृद्धि र यात्रुलाई ढुक्क बनाउन यात्रु अनुभव र जैविक सुरक्षालाई थप प्राथमिकतामा राखेको थियो । बोइंग ७८७(९फ्लिट मार्फत नयाँ बिजनेस क्लास स्विटको अनावरणले निरन्तर नवप्रबर्तनप्रति कम्पनीको प्रयास प्रतिबिम्बित गरेको छ ।

उडानहरुका विच यूभी सफाई र टच फ्रि ईन फ्लाइट मनोरञ्जन प्रविधिका साथै उद्योगकै अग्रणी लचिलो रिबुकिंगको बिकल्पले एयरलाइन्सको हरेक अवसरभन्दा माथि जाने प्रतिबद्धता प्रतिबिम्बित गरेको छ ।

‘विश्वकै उत्कृष्ट एयरलाइनका रुपमा छैठौँ पटक सम्मान प्रदान गरिनु हाम्रालागि उल्लेखनिय उपलब्धि हो । यसका लागि हामी हाम्रा यात्रुलाई विशेष धन्यवाद ज्ञापन गर्न चाहान्छौँ । उड्डयन उद्योगकै ईतिहासमा सर्वाधिक चुनौतिपूर्ण बर्ष पार गरे लगतै प्राप्त यी अवार्डले यात्रुको सुविधालाई ध्यानमा राखि समग्र कतार एयरवेज परिवारले गरेका कडा मिहेनतलाई पहिचान प्रदान गरेको छ । यात्रुलाई आवश्यकता परेका पखतमा हामीले तिनको कहिल्यै अवमूल्यन गरेनौँ, तिनलाई घर सम्म पुर्याउन हामीले निरन्त उडान भरिरह्यौँ, यात्रु तथा कर्मचारीको विश्वास जित्न जैविक सुरक्षा प्रति विशेष ध्यान दिँदै यस अवधिभर नवप्रबर्तनलाई निरन्तर्ता दिई रह्यौँ । विश्वकै उत्कृष्ट एयरपोर्ट मार्फत विश्वकै उत्कृष्ट एयरलाईन अन्वेषण गर्ने चाहने बोकेका विश्वभरका यात्रुको पहिलो रोजइ बन्ने हाम्रो लक्ष्यलाई हामी निरन्तर्ता दिनेछौँ ।’, एयरवेजलाई प्राप्त सम्मानका बारेमा बोल्दै कतार एयरवेजका गु्रप चिफ एक्जेक्यूटिव, महामहिम अकबर अल बेकरले भने, ‘वानवल्र्डको अध्यक्षका रुपमा गठबन्धनलाई अन्तर्राष्ट्रिय उडान भरिरहने यात्रुलाई उच्चस्तरिय सेवा तथा सहजता उपलब्ध गराउने प्रतिबद्धताका लागि सम्मानित २०२१को बेस्ट एयरलाइन अलायन्सको उपाधिका प्राप्त गर्न सफल रहेकोमा बधाई दिन चाहान्छौँ । ’

कतार एयरवेजलाई स्काइट्रेक्सद्वारा प्रदान गरिएका २०२१ वल्र्ड एयरलाइन अवार्ड्सको समग्र सूची ः

  • एयरलाइन अफ दि इयर
  • वर्ल्डस् बेस्ट बिजनेस क्लास
  • वर्ल्डस् बेस्ट बिजनेस क्लास एयरलाइन लाउन्ज
  • वर्ल्डस् बेस्ट बिजनेस क्लास एयरलाइन सिट
  • वर्ल्डस् बेस्ट बिजनेस क्लास अनबोर्ड क्याटरिंग
  • बेस्ट एयरलाइन दि ईन मिडल