
काठमाडौँ, १४ असोज । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं विधान महाधिवेशन मुल व्यवस्थापन समितीका संयोजक रामबहादुर थापा बादलले पत्रकार सम्मेलन गर्दैछन् ।
उनले दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अल्फा हाउसमा पत्रकार सम्मेलन गर्ने भएका हुन् ।
असोज १५ गते शुक्रबारदेखि हुन गइरहेको एमालेको विधान महाधिवेशनको व्यवस्थापनबारे बादलले सम्मेलनमार्फत जानकारी गराउनेछन् ।
पत्रकार सम्मेलनमा बादलले विधान महाधिवेशन स्थल गोदावरीसम्म जाने प्रतिनीधिहरुलाई आउजाउको व्यवस्था, खाना र खाजाका् प्रवन्ध, अन्य प्राविधिक विषयका बारेमा जानकारी गराउनेछन् ।












प्रतिक्रिया