७ कार्तिक २०८३, शनिबार

लिडिङ पार्टनर बैंकको उपाधिबाट लक्ष्मी बैंकले पायो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । एसियन डेभेलपमेन्ट बैंकले २०२१ को लिडिङ पार्टनर बैंकको उपाधिबाट लक्ष्मी बैंकलाई सम्मानित गरेको छ।

उक्त उपाधि एडीबीको ट्रेड तथा सप्लाई चेन फाइनान्स योजनाअन्तर्गत छ, जसमा एडीबीसँगको सहकार्यमा सबैभन्दा बढी कारोबार गर्ने बैंकलाई प्रदान गरिन्छ ।

लक्ष्मी बैंकले लगातार दोस्रो वर्ष उक्त उपाधि प्राप्त गरेको हो। एडीबीले उपाधि २०२० जुलाई १ देखि २०२१ जुन ३० भर गरिएको विभिन्न सहकार्यको आधारमा प्रदान गर्दै आएको छ । सोही अवधिमा लक्ष्मी बैंकले विभिन्न साना, मझौला तथा ठूला संस्थासँग कारोबार गरी सबैभन्दा सक्रिय साझेदार बैंकको रूपमा प्रस्तुत भएको छ ।

एडीबीको ‘लिडिङ पार्टनर बैंक’ उपाधिले लक्ष्मी बैंकको व्यापार तथा वित्त, परिचालन क्षमता, वित्तीय स्वास्थ्य र जोखिम व्यवस्थापनको सुदृढीकरण गर्ने प्रयासलाई अझ सार्थक बनाएको छ ।

कोभिड–१९ का कारण, भर्चुअल माध्यमबाट गरिएको पुरस्कार समारोहमा उक्त उपाधि लक्ष्मी बैंकलाई प्रदान गरिएको थियो ।