३ कार्तिक २०८३, मंगलबार

अफगानिस्तानमा २५ सय सेना राख्न अमेरिकी राष्ट्रपतिलाई सुझाव

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, १३ असोज । गत अगस्ट महिनामा अमेरिका अफगानिस्तानबाट पूर्ण रूपमा फर्कनुअघि आफूहरूले २,५०० जनाको एउटा सैन्य टोलीलाई त्यही कायम राख्नुपर्ने सुझाव दिएको अमेरिकाका दुई जना शीर्ष सैन्य जनरलहरूले बताएका छन् ।

जनरल मार्क मिली र जनरल फ्रयाङ्क मखेन्जीले कङ्ग्रेसमा दिएको गवाही राष्ट्रपति जो बाइडनको भनाइसँग बाझिएकोजस्तो देखिएको छ ।

उनले त्यस्तो सुझाव दिइएको स्मरण आफूसँग नरहेको जनाएका थिए । तीव्र गतिमा अघि बढ्दै गत अगस्ट महिनामा तालिबानले अफगानिस्तानको सत्ता आफ्नो नियन्त्रणमा लिएको थियो ।

अफगान सरकार छिट्टै ढलेको विषयले अमेरिकालाई आश्चर्यचकित पारेको जनरल मिलीले बताए । दुवै जनरलहरूले तालिबानले त्यति चाँडै सत्ता नियन्त्रण लिन सफल होला भन्ने अनुमान आफूहरूले नगरेको बताएका छन् ।

जनरल मिलीले तालिबान अझै पनि आतङ्कवादी समूह रहेको र उसको अल कायदासँग सम्बन्ध कायमै रहेको बताउँदै अफगानिस्तानबाट आतङ्कवादी हमला हुनसक्ने विषयबारे सचेत गराएका थिए ।

रक्षामन्त्री सहित दुईजना शीर्ष जनरलहरूलाई माथिल्लो सदन सिनेटको आर्मड सर्भीसेस कमिटीले मङ्गलवार सोधपुछ गरेको थियो ।

अफगानिस्तानबाट अमेरिकाको फिर्ता हुने विषय निरीक्षण गरेका जनरल मखेन्जीले रिपब्लिकन सिनेटरहरूको प्रश्नको जवाफ दिने क्रममा आफूले २,५०० सेनाको सानो टुकडी अफगानिस्तानमा राख्न सुझाव दिएको बताए ।

अगस्ट १९ मा एकजना पत्रकारलाई जवाफ दिने क्रममा बाइडनले आफूलाई त्यस्तो सुझाव दिइएको स्मरण नरहेको बताएका थिए । बीबीसी