८ कार्तिक २०८३, आइतबार

माओवादी नेता वर्षमान पुनलाई बैंकक लगिँदै

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, १२ असोज । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिने भएको छ ।

उनको सुमेरु अस्पतालमा उपचार हुँदै आएका थियो ।​

जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा खासै सुधार नभएपछि थप उपचारका लागि बुधबार बिहान उनलाई बैंकक लैजान लागेको पारिवारिक स्रोतले जनाएको छ ।

यसअघि २०७२ सालमा पनि उनको बैंककमै उपचार भएको थियो ।

जन्डिसको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिएका थिए ।