बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

ज्यान मार्ने उद्योगमा संलग्न २ जना पक्राउ

दैनिक नेपाल २०७८ असोज १२ गते ११:५०

मोरङ, १२ असोज । ज्यान मार्ने उद्योगमा संलग्न कसूरदार विराटनगर महानगरपालिका–११ बस्ने २७ वर्षीय बिमल कार्की र धनपाल थान गाउँपालिका–१ बस्ने ५३ वर्षीय महमद साजिद मियालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दिउँसो विराटनगर महानगरपालिका–७ स्थितसडकमा काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका–९ बस्ने ३० वर्षीय कलाम सिंह लामालाई कार्की र मियाले ब्यवसायिक विवादका कारण धारिलो हतियार खुकरी प्रहार गरी घाइते बनाएको घटनामा संलग्न रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

धारिलो हतियार प्रहारबाट घाइते भएका लामाको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरूलाई जिल्ला अदालत मोरङबाट ज्यान मार्ने उद्योग कसूरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित