शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

आईपीएल क्रिकेटमा सनराइजर्ससँग राजस्थान पराजित

दैनिक नेपाल २०७८ असोज १२ गते ११:२८

नयाँदिल्ली, १२ असोज । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई हराएको छ ।

दुबईमा गएराति भएको खेलमा हैदराबादले राजस्थानलाई ७ विकेटले हराएको हो । यो जितसँगै हैदराबादले आईपीएलमा दोस्रो जित निकालेको छ । राजस्थानले दिएको १ सय ६५ रनको लक्ष्य हैदराबादले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

हैदराबादका जासन रोय र केन विलियम्सनले अर्धशतकीय पारी खेले । रोयले ६० रन तथा कप्तान विलियम्सनले अविजित ५१ रन जोडे । राजस्थानका मुस्ताफिजुर रहमान, चेतन शाकरिया र महिपाल लोम्रोरले एकरएक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । राजस्थानका कप्तान सञ्जु सामसनले ८२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । हैदराबादका सिद्धार्थ कउलले दुई विकेट लिए ।

अङ्कतालिकामा पुछारमा रहेको हैदराबादको १० खेलमा ४ अङ्क छ । समान खेलमा ८ अङ्क जोडेर राजस्थान छैटौं स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित