शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

नेकपा (एस)का यी हुन् मन्त्रीमा सिफारिस भएका नामहरू

दैनिक नेपाल २०७८ असोज १२ गते ६:३४

काठमाडौं, १२ असोज । एमालेबाट विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधि सभाका सांसद विरोध खतिवडाको नेतृत्वमा मन्त्रीहरू पठाउने निर्णय गरेको छ ।

नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले सांसदहरूको नाम मन्त्रीका लागि सिफारिस गरेका छन् । अध्यक्ष नेपालले मन्त्रीहरूको नामको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् ।

मन्त्रीका लागि विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठको नाम प्रधानमन्त्री देउवालाई अध्यक्ष दाहालले बुझाएका छन् ।

नेकपा एसले ६ मन्त्रालय पाउने जनाइएको छ । बाँकी एकजना भने भवानी खापुङ र किसान श्रेष्ठमध्ये एकजनालाई पठाउने तयारी छ । मन्त्रीमा सिफारिस भएका सांसदले कुन मन्त्रालय पाउने हुन् खुलेको छैन ।

प्रतिक्रिया
सम्बन्धित