७ कार्तिक २०८३, शनिबार

नेप्से परिसुचक ७३ अंकले घट्यो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ असोज । सोमबार नेप्सेमा ७३ अंकले गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार परिसूचक ७३.०५ अंकले घटेर २६ सय ८५.४१ बिन्दुमा झरेको हो ।

आइतबार पनि ६१ अंकले नेप्से घटेको थियो ।

नेप्सेका अनुसार यसदिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १२.९४ अंकले घटेर ५०६.३३ विन्दुमा झरेको छ । आज सबैजसाे कम्पनीकाे काराेबार घटेकाे छ ।

आज कुल २२७ कम्पनीका एक करोड ४ लाख ७८ हजार कित्ता बजारमा ६७ हजार ५८७ पटक किनबेच हुँदा कारोबार रकम ५ अर्ब १२ करोडमा सीमित भएको छ ।