शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बिगबसमा सलमानको पारिश्रमिक कति ?

दैनिक नेपाल २०७८ असोज ११ गते ७:४८

मुम्बई । बलिउड अभिनेता सलमान खान चर्चित भारतीय रियालिटी कार्यक्रम बिगबोसको नयाँ सिजनको तयारीमा छन् । शनिबार यस वर्षको विजेता घोषणा भएलगत्तै सिजन अन्त्य भएको छ र अब यसको नयाँ सिजन सुरू हुन लागेको हो ।

बिगबोस भारतीय टेलिभिजनमा सबभन्दा ठूलो रियालिटी कार्यक्रममध्ये एक हो । हरेक वर्ष यहाँ कयौं सेलेब्रेटीले भाग लिन्छन् र थुप्रै कारणले चर्चा कमाउँछन् । अन्त्यमा एक प्रतिस्पर्धी कार्यक्रमको विजेता भइ नगद पुरस्कार पनि पाउँछन् ।

बिगबोसका धेरै सिजन सलमान खानले होस्ट गरिरहेका छन् । यसको नयाँ सिजन, बिगबोस–१५ मा उनी फेरि होस्ट भएर फर्किन लागेका हुन्। उनले यो कार्यक्रमको विगत ११ वटा सिजन पनि होस्ट गरेका थिए । बिगबोस चर्चामा आउनुको अर्को कारण सलमानको होस्टलाई पनि लिइन्छ ।

१४ हप्तासम्म चल्ने यो कार्यक्रमका लागि सलमानले यसपटक भने ठूलो रकमको पारिश्रमिक लिने भारतीय सञ्चारमाध्यम बलिउड हंगामाले जनाएको छ । रिर्पोटका अनुसार बिगबोस–१५ होस्ट गर्न सलमानले तीन सय पचास करोड भारू पारिश्रमिक लिने भएका छन् । योसँगै उनले आफ्नो पारिश्रमिक पन्ध्र प्रतिशतले बढ्नु पर्ने माग गरेका छन् ।

सलमान यसै पनि सबभन्दा धेरै पैसा कमाउने रियालिटी कार्यक्रम होस्टमा पर्छन् । उनले बिगबोसको सिजन ४ देखि सिजन ६ सम्म प्रत्यक भागको दुई करोड भारूभन्दा बढी पारिश्रमिक लिएका थिए । सिजन ७ मा यो पारिश्रमिक पाँच करोड भारूसम्म बढेको थियो ।

बिगबोस–१३ मा भने उनले हप्ताको १३ करोड भारू लिएका थिए । आउँदो नयाँ सिजनमा भने उनले हप्ताको २५ करोड भारूको दरले आफ्नो पारिश्रमिक तोकेका हुन् । बलिउड हंगामाका अनुसार बिग बस–१५ आउँदो अक्टोबरदेखि सुरू हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित