बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

भारतमा सबै धर्मका अनुयायीको प्रजनन दरमा ठूलो ह्रास

दैनिक नेपाल २०७८ असोज ११ गते ७:४६

नयाँदिल्ली, ११ असोज । प्यू रिसर्च सेन्टरले गरेको एउटा अध्ययनमा भारतमा सबै धार्मिक समूहमा प्रजनन दरमा ठूलो ह्रास आएको देखाएको छ ।

त्यसले गर्दा सन् १९५१ पछि त्यहाँको धार्मिक संरचनामा सामान्य मात्र परिवर्तन देखिएको छ ।

भारतको एक अर्ब २० करोड जनसङ्ख्यामा दुईवटा ठूला धार्मिक समूह हिन्दू र मुस्लिमले ९४ प्रतिशत भाग ओगटेका छन् । बाँकी ६ प्रतिशतमा इसाई, सिख, बौद्ध र जैन छन् ।

भारतमा प्रत्येक दश वर्षमा हुने जनगणना र राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणको तथ्याङ्कमा आधारित भएर प्यू रिसर्च सेन्टरको अध्ययनले देशको धार्मिक संरचना कसरी परिवर्तन भयो र त्यो परिवर्तनका पछाडिका मुख्य कारण के हुन् भनेर जाँच गरेको थियो ।

औपनिवेशिक भारतको सन् १९४७ मा हिन्दूबहुल भारत र मुस्लिमबहुल पाकिस्तानमा विभाजन भएपछि जनसङ्ख्या तीन गुनाभन्दा बढी भएको छ ।

सन् १९५१ मा भारतको जनसङ्ख्या ३६ करोड १० लाख थियो भने सन् २०११ मा त्यो बढेर एक अर्ब २० करोडभन्दा बढी भयो ।

सन् १९५१ देखि स्वतन्त्र रूपमा जनगणना हुन थालेको भारतमा पछिल्लो पटक सन् २०११ मा जनगणना भएको थियो ।

उक्त अध्ययनले सो अवधिमा भारतका सबै धर्मका अनुयायीको जनसङ्ख्यामा वृद्धि पाएको छ ।

हिन्दूको जनसङ्ख्या ३० करोड ४० लाखबाट बढेर ९६ करोड ६० लाख, मुस्लिमको जनसङ्ख्या तीन करोड ५० लाखबाट बढेर १७ करोड २० लाख र आफूलाई इसाई भनेर चिनाउने भारतीयको सङ्ख्या ८० लाखबाट बढेर दुई करोड ८० लाख पुगेको छ । बीबीसी

प्रतिक्रिया
सम्बन्धित