
मोरङ, १० असोज । विराटनगर महानगरपालिका–१४ जतुवा बस्ने २५ बर्षीया आरती देवी यादवलाई १७ केजी अवैध लागूऔषध गाँजा सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया